Shikhar Insurance
National Life

ओली र नेपाल समुहको छुट्टा छुट्टै बैठक आजै, कोर्ला त विभाजनको रेखा ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार ०९:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को ओली नेपाल पक्षको छुट्टा छुट्टै बैठक आजै बस्दैछ । विभाजनको डिलमा पुगेको एमालेमा नेपाल समुहले बिहान ११ बजे केन्द्रिय कमिटी बैठक डाकेको छ भने ओली समुहको स्थायी कमिटी बैठक दिउसो ४ बजे बोलाईएको छ ।

ओली समुहले माधव नेपाल पक्षका केहि नेताहरु फकाउने प्रयास गरेका छन् । तर माधव नेपाललाई भने बिद्रोहका लागि कार्यकर्ता पंक्तिको ठूलो दवाब परिरहेको छ । ओली समुहले माधव नेपालबिनाको एमाले चाहेको देखिन्छ । बरिष्ठ नेता नेपालले दैनिक दर्जन संख्या जुम मिटिङ गरेर कार्यकर्ताको मनोभावना बुझिरहेका छन् । उनलाई कार्यकर्ता पंक्तिले बिद्रोहका लागि दबाव दिईरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उता, ओली समुहमा भने ओली बाहेक अरु कसैले पार्टी एकताका बारेमा धारणा राख्ने अवस्था देखिन्न । ओली स्वयंम भने एकताका नाममा अलमल्याउने र केहि नेतालाई आफु पक्षमा तान्ने प्रयासमा छन् । दुबै पक्षले आज डाकेको बैठकलाई पार्टी एकता वा विभाजनका लागि निर्णायक बन्न सक्ने सम्भावना छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्