Shikhar Insurance
National Life

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु : खेलकुदमन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०८१ श्रावण २२, मंगलवार १३:४४
Hyundai
NCELL
NIMB

काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले भने, स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ। उनले देश संघीय संघरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए । स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ । ७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्‍यक्त गरे । उनले भने, अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ ।

स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ । स्काउटले प्राकृतिक प्रोकोपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्‍दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए । ुस्काउट अहिले ७ दशमा पार गरिसकेको छ। चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छ,ु उनले भने, स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु। उनले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ(आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्