Shikhar Insurance
National Life

प्रदेश र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह दिन हामी सधै तयार छौँ : अध्यक्ष सिलवाल

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन आफूहरु तयार रहेको बताएका छन् । प्राधिकरणले आयोजना गरेको बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरिब तथा न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमामार्फत लक्षित वर्गलाई दीर्घकालिन रुपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताए । अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्दै त्यसबाट नागरिकहरुलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए । प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमा सम्बन्धी नवीनतम् प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारवाही, बीमाको महत्त्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भुमिका सम्बन्धी प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन-चार वर्षमा सरेण्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरुलाई मर्का परेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्