Shikhar Insurance
National Life

हिमालयन बैंकको नाफा २ अर्ब ८३ करोड, कस्ता छन् अन्य सूचक ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १२:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार सो नाफा आर्जन गरेको हो । बैंकले आव २०७९/०८० मा १ अर्ब ५६ करोड रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो नाफा १ अर्ब २७ करोड अर्थात ८१.४१ प्रतिशतले बढाएको छ ।

बैंकले गत आर्थिक वर्षमा ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निषेप संकलन गरेर २ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ ।

बैंकको स्प्रेड दर ३.९९ प्रतिशत रहँदा आधार ब्याजदर ९.०८ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्