Shikhar Insurance
National Life

न्यूनतम मूल्य १ सयमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले २७ हजार ६ सय ६३ कित्ता सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको २१ दिनभित्र लक्ष्मी सन्राइज क्यापिटल, कमलपोखरीमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुकहरुले साउन २१ गतेदेखि भदौ ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्