Shikhar Insurance
National Life

पाँच वटा बाणिज्य बैंकको लाभांश क्षमता दुई अंकमाथि, कुन बैंकको वितरण योग्य नाफा कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वटै बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । ऋण असुलीमा देखिएको ब्यापक असहजताका बिच १० वटा बाणिज्य बैंकहरुले नाफा बढाउन सफल हुँदा १० वटाले बढाउन सकेनन् ।

२० बाणिज्य बैंकहरुले ६३ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ । बाणिज्य बैंकहरुको नाफा १२.७१ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक बर्ष २०७९।८० मा यीनै बैंकहरुको नाफा जम्मा ५६ अर्ब ४८ करोड रुपैयाँ मात्रै थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

६३ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाउन सफल बैंकहरुले वितरण योग्य नाफा कति कमाए त ? आउनुहोस गत आर्थिक बर्षमा बैंकहरुले वितरण योग्य नाफा कति आर्जन गरे र सो कमाईबाट लगानीकर्ताहरुलाई कति लाभांश दिन सक्नछन् हेरौं । गत आर्थिक बर्षमा पाँच वटा बाणिज्य बैंकहरुले दुई अंकको लाभांश तिवरण गर्न सक्ने गरि वितरण योग्य नाफा कमाएका छन् भने चार वटा बाणिज्य बैंकको वितरण योग्य नाफा ऋणात्मक रहेको छ ।

गत आर्थिक बर्षमा ३ अर्ब ५१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको एभरेष्ट बैंकले सोही नाफाबाट २९.८६ प्रतिशत लाभांश दिने क्षमता देखाएको छ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ४९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर २६.५० प्रतिशत लाभांश वितरण सक्ने छ ।

३ अर्ब ८५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको नबिल बैंकले सोही नाफाबाट आफ्ना लगानीकर्तालाई १४.२६ प्रतिशत लाभांश दिन सक्छ । एक अर्ब १३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको नेपाल एसबिआई बैंकले सोही नाफाबाट १०.७६ प्रतिशत लाभांश दिन सक्छ । एक अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको सानिमा बैंकले पनि सोही रकमबाट १०.४० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एक अर्ब २२ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको प्रभु बैंकले ५.२० प्रतिशत लाभांश क्षमता राख्दछ भने एक अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको प्राइम कमसिर्यलले ६.१८ प्रतिशतको लाभांश क्षमता राख्छ । २ अर्ब ६६ करोड रुपैयाँ वितरण योग्य नाफा जोडेको कृषि विकास बैंकले ८.१६ प्रतिशत लाभांश दिन सक्छ ।

एक अर्ब १० करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको ग्लोबल आइएमई बैंकले सोही रकमबाट ३.०६ प्रतिशत लाभांश दिन सक्छ ।

राष्ट्रिय बाणिज्य बैंकले ५८ करोड रुपैयाँ वितरण योग्य नाफा जोडेर ३.७२ प्रतिशतको लाभांश क्षमता देखाएको छ । ४६ करोड वितरण योग्य नाफा कमाएको माछापुच्छ्रे बैंकले सोही रकमबाट ४ प्रतिशत लाभांश दिन सक्छ ।

२३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको एनएमबि बैंकले १.३० प्रतिशत लाभांश दिन सक्छ । ६१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको सिटिजन्स बैंकले ४.३४ प्रतिशत लाभांश सोही रकमबाट दिन सक्छ ।

७६ करोड रुपैयाँ वितरण योग्य नाफा जोडेको नेपाल बैंकले सोही रकमबाट ५.२५ प्रतिशत लाभांश बाढ्न सक्छ । एक अर्ब २८ करोड रुपैयाँ वितरण योग्य नाफा जोड्न सफल भएको लक्ष्मी सनराइज बैंकले भने सोही रकमबाट ५.५५ प्रतिशत लाभांश दिन सक्छ ।

३६ करोड रुपैयाँ वितरण योग्य नाफा जोडेको सिद्धार्थ बैंकले २.५५ प्रतिशतको लाभांश क्षमता आर्जन गरेको देखिन्छ । उता, एनआईसी एशिया, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकको वितरण योग्य नाफा भने ऋणात्मक देखिन्छ ।

एनआईसी एशियाको वितरण योग्य नाफा २ अर्ब ३० करोडले ऋणात्मक छ भने नेपाल इन्भेष्टमेन्ट मेगाको वितरण योग्य नाफा ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । हिमालयन बैंकको वितरण योग्य नाफा ५ अर्ब ७६ करोड रुपैयाँले ऋणात्मक रहँदा कुमारी बैंकको ३ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक छ ।

बाणिज्य बैंकहरुको गत आर्थिक बर्षको वितरण योग्य नाफाको आकार जत्रो भए पनि लाभांश वितरण क्षमतामा त्यहि आम्दानीले मात्रै भूमिका खेल्दैन् । पुँजीकोष दबावमा नरहेका अन्य बैंकहरुले जगोडा कोषबाट पनि लाभांश वितरणका लागि केहि रकम तान्न सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्