Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २५ करोड नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष २०७९/०८० को तुलनामा ३७ करोड कम नाफा गरेको हो । आव २०७९/०८० मा बैंकले १ अर्ब ६२ करोड नाफा गरेको थियो ।

बैंकले गत असार मशान्तसम्म १ खर्ब ७५ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ । यस्तै, सोहि अवधिसम्म १ खर्ब २७ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ । बैंकमा वितरण योग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ९० लाख आम्दानी गर्दा कुल संचालन आम्दानी ६ अर्ब ३७ करोड ८८ लाख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको प्रतिशेयर नेटवर्थ १४८.८० रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जामा केहि बढोत्तरी देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खराब कर्जा ०.८७ बाट १.८६ पुगेको हो ।  बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड  रुपैयाँ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्