साताको दोस्रो कारोबार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम राखेको छ । अघिल्लो दिन २ सय रुपैयाँले घटेको सुनको भाउले सोमबार नयाँ रेकर्ड कायम राखेको हो । यो मूल्य हालसम्म कै उच्च हो ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भएरहेको छ । सुन अघिल्लो दिन सुन १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, सोमबार चाँदी १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्