Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकको मुनाफा ३ अर्ब ३ करोड, अघिल्लो वर्षभन्दा ३३ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार ०९:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैकको मुनाफा ३२.७९ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ३ करोड नाफा गर्दै अघिल्लो वर्षको तुलनामा मुनाफा बढाएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा बैंकले २ अर्ब २८ करोड नाफा कमाएको थियो । बैंकको  खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब बैंकको प्रतिशेयर आम्दाद्दी १३.९ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७५.८० रुपैयाँ छ । यसैगरी, बैंकको वितरणयोग्य नाफा १ अर्ब २८ करोड रुपैयाँ छ ।

बैंकले हालसम्म ३ खर्ब २८ अर्ब ९३ करोड निक्षेप संकलन गरेको छ । यस्तै, २ खर्ब ५० अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । बैंकको खराब कर्जा बढेर ४.७२ प्रतिशत पुगेको छ ।

२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ संचित  छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्