Shikhar Insurance
National Life

१० बाणिज्य बैंकले नाफा बढाउन सकेनन्, २० वटाले एक बर्षमा कमाए जम्मा ६३ अर्ब ६६ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार ०८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये १० वटा बाणिज्य बैंकहरु गत आर्थिक बर्षमा नाफा बढाउन असफल देखिएका छन् । २० वटा बाणिज्य बैंकहरुको नाफा १२.७१ प्रतिशतले बढेको देखिए पनि १० वटा बाणिज्य बैंकहरुको नाफामा भने गिरावट आएको देखिन्छ । गत आर्थिक बर्ष २०८०/८१ मा २० वटा बाणिज्य बैंकहरुले कुल ६३ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन आर्थिक बर्ष २०७९/८० को भन्दा १२.७१ प्रतिशतले बढि हो । आव २०७९/८० मा यीनै बैंकहरुले जम्मा ५६ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यसपाली भने सबै भन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचिमा नबिल बैंक नै पहिलो बनेको छ । बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ । दोश्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब १ करोड रुपैयाँ छ । यद्यपी ग्लोबलको नाफा ६ अर्ब ६९ करोड रुपैयाँबाट घटेर ६ अर्ब १ करोड रुपैयाँमा खुम्चिएको हो । उता, तेश्रो नम्बरमा आईपुगेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसपाली नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, प्रभु, एभरेष्ट, प्राइम कमर्सियल, कृषि विकास, हिमालयन, नेपाल एबिआई र लक्ष्मी सनराइजले मात्रै नाफा बढाउन सकेका छन् । उता, ग्लोबल आइएमई, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, माछापुच्छ्रे, सानिमा, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, एनएमबि, सिटिजन्स र एनआईसी एशिया नाफा बढाउन असफल सिद्ध भएका छन् ।

नाफा बढाउने १० बैंक

नबिल बैंकले आफ्नो नाफा एक बर्षमा ६ अर्ब ४० करोड रुपैयाँबाट बढाएर ७ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । अर्थात गत आर्थिक बर्षमा नबिलको नाफा १०.३१ प्रतिशतले वृद्धि गरेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ३ अर्ब ७२ करोडबाट बढेर ५ अर्ब १९ करोड पुगेको छ । अर्थात बैंकले गत आर्थिक बर्षमा ३९.५१ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रभु बैंकले २८ करोडबाट आफ्नो नाफा ४ अर्ब ४८ करोड पुर्याएको छ । बैंकले १५०० प्रतिशतले नाफा बढाएको छ । कुमार बैंकले पनि आफ्नो नाफा ३५०.९८ प्रतिशतले बढाएको छ । बैंकले ५१ करोड रहेको नाफालाई यसपाली बढाएर २ अर्ब ३० करोड रुपैयाँ पुर्याएको हो ।

कृषि विकास बैंकको नाफा पनि एक अर्ब ३२ करोडबाट बढेर ३ अर्ब ६५ करोड पुगेको छ । एभरेष्ट बैंकले आव २०७९।८० मा ३ अर्ब ३६ करोड नाफा कमाएको थियो तर आव २०८०।८१ मा भने त्यस्तो नाफा ३ अर्ब ७० करोड रुपैयाँ पुर्याउन सफल भएको देखिन्छ ।

हिमालयन बैंकको नाफा एक अर्ब ५६ करोडबाट बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको नाफा पनि एक अर्ब ९६ करोडबाट बढेर २ अर्ब १ करोड रुपैयाँ भएको छ ।

लक्ष्मी सनराइज बैंकले पनि अघिल्लो बर्ष २ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको थियो तर गत आवमा भने त्यस्तो नाफा बढाएर ३ अर्ब ३ करोड कायम गराएको छ ।

नाफा बढाउन असफल १० बैंक

गत आर्थिक बर्षमा १० वटा बाणिज्य बैंकहरु आफ्नो नाफा बढाउन असफल देखिएका छन् । सबै भन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचिमा दोश्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंककै नाफा ६ अर्ब ६९ करोडबाट घटेर ६ अर्ब १ करोडमा खुम्चिएको छ ।

स्ट्याण्र्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब ४६ करोडबाट ३ अर्ब ३० करोडमा झरेको छ । त्यस्तै, सिद्धार्थ बैंकको नाफा पनि ३ अर्ब १६ करोड रुपैयाँबाट ३ अर्ब १ करोड बनेको छ भने राष्ट्रिय बाणिज्य बैंकको नाफा पनि ३ अर्ब ५९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ३९ करोड रुपैयाँमै सिमित भएको देखिन्छ ।

सानिमा बैंकको नाफा २ अर्ब ६० करोडबाट २ अर्ब ३८ करोडमा खुम्चिँदा माछापुच्छ्रे बैंक पनि एक अर्ब ६५ करोडबाट एक अर्ब २५ करोडमा ओर्लिएको छ । एनएमबि बैंकको नाफा ३ अर्ब २२ करोडबाट २ अर्ब ३३ करोेडमा झरेको छ भने सिटिजन्स बैंक पनि एक अर्ब ८६ करोडबाट एक अर्ब ३४ करोडमा खुम्चिएको छ । नेपाल बैंकको नाफा पनि ३ अर्ब ४३ करोडबाट एक अर्ब ६५ करोडमा झरेको छ । एनआईसी एशिया बैंकको नाफामा पनि ४ अर्ब ४४ करोड रुपैयाँबाट एक अर्ब ३८ करोड रुपैयाँमा आईपुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्