Shikhar Insurance
National Life

३२.३४ प्रतिशतले घट्यो समाज लघुवित्तको खुद नाफा, यस्ता छन् अन्य सूचक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २०, आईतवार १४:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घटेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेको छ । यस अवधिमा लघुविवत्तले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको तथ्यांकले देखाएको छ । २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्