Shikhar Insurance
National Life

नेपाल फाइनान्सको नाफामा गिरावट, वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २०, आईतवार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आव कम्पनीले कम्पनीले १ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड १ लाख ४३ हजार रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ र जगेडा कोष ४३ करोड १० लाख रुपैयाँ सञ्चित रहेकाे छ । गत वर्ष कम्पनीले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ५.८९ प्रतिशतले बढेको छ ।

कम्पनीको सोहि अवधिमा प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ । सोहि अवधिमा फाइनान्सको ईपिएस घटेर २ रुपैयाँ ४८ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३७.५२ रूपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको अनुपात ३ सय ६०.१५ रहेको छ । कम्पनीको खराब कर्जा घटेर ९.११ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा १२.१६ प्रतिशत रहेको थियो।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्