Shikhar Insurance
National Life

घट्यो स्टान्डर्ड चार्टर्ड बैंकको नाफा, वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण २०, आईतवार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष २०८०/८१ मा साढे ३ अर्ब बढी रुपैयाँ कारोबार गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार बैंकले समिक्षा वर्षमा ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत वर्ष बैंकले ३ अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफा ४.५१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । यो वर्ष बैंकको सञ्चालन मुनाफा ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष बैंकको मुनाफा २ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १५ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १३.४६ प्रतिशतको कमी आएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार आव २०८०/८१ मा बैंकको २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ । बैंकको एनपीएल २.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष एनपीएल १.१८ प्रतिशत रहेको थियो। त्यसैगरी, बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ८ अर्ब ६३ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा वर्षमा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले अघिल्लो वर्ष १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । समीक्षा वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.०९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको ईपीएस ३६.७५ रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनमा बैंकको ईपीएस घटेको हो ।

बैंकको प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्