Shikhar Insurance
National Life

पारदर्शीताका पर्याय वाणिज्य बैंक- १६ वटाले तिरे झन्डै आधा खर्ब आयकर, कुन बैंकले कति ?

रोशनी तामाङ
२०८१ श्रावण २०, आईतवार ०९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुको कारोबार थप पारदर्शी बन्दै गएको छ । वित्तिय अवस्था सार्वजनिक र पब्लिक कम्पनी मोडेलले बैंक तथा वित्तिय संस्थाहरुको कारोबार पारदर्शी बन्दै गएको हो ।

बैकहरुको नियमित कारोबार विवरण सार्वजनिक र नियमित परिक्षणले राज्यले प्राप्त गर्ने कर पनि वृद्धि हुदैं गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १६ वाणिज्य बैंकहरुले मात्रै ४६ अर्ब ७९ करोड ९८ लाख आयकर दाखिला गरेका छन् । बैंकहरुले  आफ्नो आम्दानीबाट नाफा गरेको रकम राज्यलाई आयकर तिरेको हो । अर्थ मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा धेरै कर तिर्नेहरुको वाणिज्य बैंकको पहिलो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ परेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक बर्षमा ५ अर्ब ६८ करोड ९७ लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा यो बैंकले ४ अर्ब १९ करोड कर दाखिला गरेको थियो । यस्तै, दोस्रो नम्बरमा नविल बैंक परेको छ ।

नविल बैंकले गत आर्थिक वर्ष ५ अर्ब ५२ करोड ७० लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बैंकले ४ अर्ब ९८ करोड कर दाखिला गरेको थियो । तस्रो धेरै कर तिर्ने ग्लोबल आइएमई बैंकले ३ अर्ब ५९ करोड ९२ लाख कर दाखिला गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ४३ करोड कर दाखिला गर्दै बैंकतर्फ पहिलो करदाता बनि सम्मानित समेत बनेको थियो ।

चौथो नम्बरको एनएमबि बैंकले ३ अर्ब २४ करोड ७७ लाख कर दाखिला गरेको छ । गत वर्ष उत्कृष्ट १० मा नअटेको यो बैंक गत आर्थिक बर्ष २०८०/८१ का लागि आठौं नम्बरमा परेको हो । पाचौं नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ९४ करोड ३१ लाख आयकर तिरेको छ ।

छैटौं धेरै आयकर तिर्नेमा कुमारी बैंक परेको छ कुमारीले गतवर्ष २ अर्ब ६१ करोड रक तिरेको छ । सातौं नम्बरमा प्रभु बैंकले २ अर्ब ८३ करोड कर तिरेको छ । आठौं नम्बरमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५३ करोड कर दाखिला गरेको छ ।

नवौं नम्बरमा नेपाल बैंक लिमिटेडले २ अर्ब ४६ करोड कर तिरेको छ । दशौं नम्बरमा एभरेष्ट बैंकले २ अर्ब ३८ कर दाखिला गरेको छ ।

यस्तै, हिमालयन बैंक लिमिटेडले २ अर्ब २८ करोड आयकर तिर्दा शिद्धार्थ बैंकले १ अर्ब ९८ करोड आयकर तिरेको छ । लक्ष्मी सनराइज बैंकले १ अर्ब ८६ करोड कर तिर्दा एनआइशी एशिया बैंकले १ अर्ब ७० करोड आयकर तिरेको छ । प्राइम कमर्शियल बैंकले १ अर्ब ६२ करोड कर दाखिला गर्दा सानिमा बैंकले १ अर्ब ३३ करोड कर तिरेको छ ।

सरकारले पुस महिनामा अग्रिम आयकरको ४० प्रतिशत, चैत र असारमा ३०/३० प्रतिशत गरी कर असुल गर्ने गर्छ । संस्थागत आयकरतर्फ सरकारले ३० प्रतिशतसम्म कर असुल गर्दै आएको छ । यस्तै भ्याटतर्फ १३ प्रतिशतका दरले कर असुल गर्दै आएको छ ।

मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज र प्रिमियम मूल्यमा सेयर निष्काशन गरेका कम्पनीहरुसँग कर असुलिएपछि बैंकहरुले गतवर्ष १३ अर्ब भन्दा बढि रिक्त कर तिरेका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्