Shikhar Insurance
National Life

चोक-चोकमा प्रचण्डको शालिक बन्ने दिन आउँछ-बर्षमान पुन

सिंहदरबार संवाददाता
२०८१ श्रावण १९, शनिबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फकाउन लागी परेका छन् । पुर्वमन्त्री पुनले कार्यक्रमहरुमा बोल्दै पार्टी अध्यक्ष प्रचण्डको गुणगान गाउन सुरु गरेका हुन् ।

नेकपा माओवादी केन्द्रमा २ फरक धार छ, उत्तरतर्फको राजनिति मिलाउने वर्षमान पुन र दक्षिणको राजनिति मिलाउने जनार्दन शर्मा । काँग्रेससँगको गठबन्धनबाट ३२ सिट जितेको माओवादी सुरुमा नेकपा (एमाले) को समर्थनमा सरकारको नेतृत्व गर्यो । एमालेको समर्थनमा करिब २  महिना सरकारको नेतृत्व गरेको माओवादीले पुन: काँग्रेसकै नेतृत्वमा सरकार बनाउन तयार भयो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काँग्रेसँग १४ महिना सहकार्य गरेपछि माओवादी फेरी, एमालैकै नेतृत्वमा सरकार बनाउन बाध्य भयो । पछिल्लो, पटकको गठबन्धन बनाउन महत्पुर्ण भुमिका खेलेका  वर्षमानले अर्थमन्त्री उपहार समेत पाएका थिए । पुनको रणनीतिले चार महिना पनि काम नगरेपछि बिचैमा सरकार ढल्यो । सत्ताबाट बाहिर निस्कन परेपछि त्यसको दोष सम्पुर्ण पार्टी पंक्तिले वर्षमानतर्फ तेर्साइरहेका छन् ।

सरकारबाट बाहिर निस्किएपछि सार्वजनिक कार्यक्रमहरुमा उपमहसचिव पुनले पार्टी अध्यक्षले सरकारमा रहँदा सुशासनको मात्रै काम गरेको बताउने गरेका छन् । उनले यो क्रम शनिबार पनि दोहोर्याएका छन् । शनिबार पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरुले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरुले पुष्टि गर्दै लगेको बताए ।

फरक प्रसंगमा उनले पृथ्वीनारायण शाहपछिको युगनायक आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । पुनले प्रचण्ड नेतृत्वमा भएको १० वर्षे सशस्त्र माओवादी जनयुद्धले समाज परिवर्तनमा अतुलनीय भूमिका निर्वाह गरेको बताए ।

जनयुद्धका महिला, मजदुर, मधेसी, दलित, जनजाती, धार्मिक अल्पसंख्यक र किसानका पक्षमा गरिएको संघर्ष भएको चर्चा गर्दै उनले जनयुद्धले दबाएर राखिएका बोल्न नसक्नेलाई बोल्न सक्ने बनाएको तर्क गरे । जनताको अधिकारका लागि भएको संघर्षको नेतृत्व गरेका कारण कुनै दिन चोक-चोकमा प्रचण्डको शालीक बनाउने अवस्था आउने दाबी उनको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्