Shikhar Insurance
National Life

काठमाडौं उपत्यकामा लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप

सिंहदरबार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिए । उनले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताए । उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार काठमाडौं जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएका छन् । यसपटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो । मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्