Shikhar Insurance
National Life

लुम्बिनी प्रदेशका ८ मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट

सिंहदरबार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १६:५२
Hyundai
NCELL
NIMB

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् । साउन ७ गते नियुक्त भएका ८ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन । आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका हुन् ।

कांग्रेसका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, प्रचण्ड विक्रम न्यौपानेलाई उद्योग, पर्यटन तथा यातायात, बादशाह कुर्मीलाई वन तथा वातावरण र सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै एमालेका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास, दिनेश पन्थीलाई कृषि, भूमि तथा सहकारी, खेमबहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

बाँकी रहेका आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भने मुख्यमन्त्री आचार्य आफैँले राखेका छन् । लुम्बिनीमा एमाले र कांग्रेस मिलेर नयाँ सरकार गठन गरेका छन् । ८७ सांसद भएको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्