Shikhar Insurance
National Life

टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ

सिंहदरबार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरुका बीचमा भएको सहमतिबाट पछाडी फर्किनु नहुने बताएका छन् ।

महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरु उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरु आशावादी रहेको बताए । उनले सहमती कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गरे । उनले टिआरसीको विषय टुंग्याउन निकै विलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे ।

उनले भने, ‘विगतमा पनि पटक–पटक टुंगिएकै हो । अन्तरवस्तुमा सहमती भयो । फेरि पछाडी उल्टियो । सहमती भयो फेरि पछाडी प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर विलम्व हुँदै आएको अवस्था हो । सहमती गर्नका लागि यो आयोग बनेको हो । आयोगले सहमती जुटाउँदा पनि सहमती जुट्न सकेन भने सहमती जुटाउन नसकेको कुरा सरकारलाई जानकारी गराइदिने कुरा हो । सरकारप्रति जवाफदेही बनेर आयोग गठन गरेको हुन्छ ।’

उनले भने, ‘आयोगले कति सहमती गर्‍यो रु कति सहमती गर्न सकेन भन्ने कुरा त सरकारलाई जानकारी गराइदिने हो । मेलमिलाप हुन नसकेका केशहरु दण्ड, जरिवाना गर्नु परेपनि न्युनतम रुपले २५ प्रतिशत गरेर जानु उपयुक्त हुन्छ । टिआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । बिगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो ।’

उनले माओवादी केन्द्र सहमती कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्