Shikhar Insurance
National Life

वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १७:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्दै बिहीबार सिंहदरबारमा उनले यस्तो बताएका हुन् ।

उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिए । मन्त्री चौधरीले देशका युवाहरु नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । उनले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अहिले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६ औं मनाउँछौँ । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन ।,’’ मन्त्री चौधरीले भने, ‘धेरे बालबालिकाहरु अहिले पनि पढ्न सकेका छैनन् । हामी २५ युवा दिवस मनाइरहेका छौँ । हामी युवा दिवस मनाउँ, भव्य र सभ्य रपमा । आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’

मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्