Shikhar Insurance
National Life

यी १४ जिल्लाको चुरे मासेर ढुंगा, गिटी, बालुवा भारतमा बेचेर समृद्धि ल्याउने ओली सपना

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार ०८:१४
Hyundai
NCELL
NIMB

काठडमौं । सरकारले १४ जिल्लाको चुरे मासेर भारतमा ढुंगा, बालुवा र गिटी निर्यातको योजना बनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजे वक्तव्य मार्फत अघि सारेको योजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गरेर ढुंगा, गिट्टी र बालुवा भारत निर्यात गरि व्यापार घाटा न्युनीकरण गर्ने उल्लेख छ । त्यस्तो निर्यातका लागि रोप वे बनाउने र रोप वे निर्माणका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार छुट दिने सुबिधा पनि बजेटले अघि सारेको छ ।

मोरङ, धनकुटा, उदयपुर, सिन्धुली, ललितपुर, मकवानपुर, चितवन, अर्घाखाँची, पाल्पा, प्युठान, सल्यान, सुर्खेत, डोटी र डडेल्धुराका ९२ स्थानमा डोजर चलाउने र रोप–वेबाट ढुंगा, गिटी, बालुवा निर्यात गर्ने योजना बनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८।८९ को बजेटमा भनिएको छ ।

सरकारले भारत र बंगलादेशसम्म ढुंगा, गिटी निर्यात सोँच बनाएको देखिन्छ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेर पछिल्लो ७ वर्षमा १० अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ ।नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्