Shikhar Insurance
National Life

सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छ : अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरुलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताए । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘सामाजिक रुपान्तरणसहित सांस्कृतिक रुपान्तरणको अत्यन्त आवश्यक छ । हामीले राष्ट्रिय सभामा जतिपनि छलफल गरेका छौँ, रुलिङ गरेका छौँ, यसको कार्यान्वयनको निम्ति, तदारुकताका निम्ति के गर्न सकिन्छ, मैले यहीँ बस्दा बस्दै तपाईंहरुका जुन कुरा सुनिरहेका छु । सबै दलका दल नेताहरुसहित बसेर यो मात्रै होइन । अरु हाम्रा जति पनि विषय वस्तुहरु छन्, राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले त्यसलाई निक्र्यौल नेपाल सरकारलाई हामीले कार्यान्वयन जुन भनेका छौँ, यि विषयवस्तुहरुको कार्यान्वयनको निम्ति एउटा अलि गहन ढंगको छलफल आवश्यकता हो की भन्ने मैले अनुभुति गरेको छु ।’

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरुमा पनि जटिल समस्या रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्