काठमाडौं । लगातार हरियाली भएकाे सेयर बजार आज भने सामान्य अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२९ अंकले घटेर परिसुचक २७५५.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३३२ कम्पनीको कारोबार हुँदा ५ अर्ब १३ करोड २१ हजार ६ सय २९ कित्ता सेयर किनेबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ ७४ पैसाको कारोबार भएको छ ।
बिहीबार सैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार २ सय ३८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतकित्ता ७ सय ७० रुपैयाँ पुगेको छ । बिहीबार ७४ कम्पनीको सेयर मूलय बढ्दा १६४ कम्पनीको घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ८ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्