Shikhar Insurance
National Life

८ जिबी र्‍याम तथा २५६ जिबी स्टोरेज भएको ‘रेड्मी १३’ नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । रेड्मी १३ नेपाली बजारमा सार्वजनिक भएको छ । रेड्मी १३ कम्पनीले अलराउण्डर स्मार्टफोन भन्दा फरक विशेषता भएको स्मार्टफोन नेपाली बजारमा ल्याएको हो ।

यो स्मार्टफोनमा प्रयोग भएको हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले , ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जर जस्ता अत्याधुनिक प्रविधिहरुले सर्वसाधरणको मन जित्न सफल भएको छ । यो फोन ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्छ । कम्पनीका अनुसार यसमा भएको ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले र ९० हर्जको सम्मको रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई भिडियो हेर्न, गेम खेल्न, र सामाजिक संजाल प्रयोग गर्न एकदमै सहजता प्रदान गर्दछ यस फोनको डिस्प्लेले ब्लु लाईट फिल्टर गर्छ जसको कारण तपाईले लामो समयसम्म फोन चलाउँदा नि तपाईको आँखालाई गारो बनाउँदैन ।

उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा १०८ मेगापिक्सेलको सामसङ आइसोसेल एचएम ६ क्यामेरा समाबेश गरिएको छ । यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरुका लागि थप मजा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

५,०३० एमएचको ब्याट्रीले प्रयोगकर्ताहरुलाई घरी घरी चार्ज गर्नपर्ने झन्झटबाट मुक्त राख्छ भने ३३ वाटको चार्जरले चाँही फोनलाई थोरै समयमै चार्ज गर्छ । आकर्षक हुनुका साथै टिकाउ पनि भएको रेड्मी १३ ले एक अलराउण्डर स्मार्टफोनको रुपमा बजारमा चर्चा कमाउँदैछ ।

बजार उपलब्धता:

‘रेड्मी १३’ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमश: १८ हजार ९ सय ९९ र २१ हजार ९ सय ९९ रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्