काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने रणनीति अख्तियार गरेको छ । नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको, आर्थिक गतिबिधी सुस्ताएको र संक्रमणको जोखिम पनि कम हुँदै गएको निष्कर्षसहित सरकारले निषेधाज्ञा खुकुलो बनाउने रणनीति अख्तियार गरेको हो ।
सरकारले भारत, टर्की र कतारमा उडान खुला गरिसकेको छ । चीनमा भने उडान खुला गरिएको भए पनि कुनै पनि एयरलाइन्स कम्पनीले उडान अनुमति मागेनन् ।
अन्तराष्ट्रिय हवाई उडान खुला गरेको सरकारले उपत्यकाको निषेधाज्ञा पनि खुकुलो बनाउँदै लैजान लागेको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी गर्न गृह मन्त्रालयको निर्देशनबारे छलफल भएको थियो ।
उपत्यकामा अब पसलहरु पुरै समय खुला गर्न दिनेबारे पनि छलफल भएको छ । सम्वतः बुधबार त्यसबारे निर्णय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्