काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्कोटितेलको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखी लागू हुनेगरी निगमले पेट्रोलमा १ रुपैया, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटाको हो ।
इण्डियन आयल कर्पोरेशले ३१ जुलाई, २०२४ (श्रावण १६, २०८१ मा) नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०९८ र डिजेलमा रु. २.२८ घटाएर नयाँ मूल्य सूचि पठाएको छ । यस्तै, मट्टितेलमा रु. ३.२४. हवाई इन्धनमा रु. २.३१ र एल. पि. ग्यासमा प्रति सिलिण्डर रु. ६.९७ ले बढेर आएको छ । हवाई इन्धन र एल. पि. ग्यासको बिक्री मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्