Shikhar Insurance
National Life

निर्माण व्यवसायीलाई सहुलियत दिनेगरी राष्ट्र बैंकको सर्कुलर, मंसिरसम्म कालो सूचिमा राख्न नपाइने

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार २२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका लागि सर्कुलर जारी गरेको छ । बुधबार सर्कुलर जारी गर्दै राष्ट्र बैकले निर्माण व्यावसायीहरुलाई सुविधा दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप गर्नुपर्नेछ । यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज लिन पाइने छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन । भनि उल्लेख छ ।

निर्माण व्यवसायीलाई कालो सूचि सम्बन्धि नयाँ व्यवस्था गर्दै, ‘यस निर्देशनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश गरिने छैन ।’ भनि उल्लेख छ । अब निर्माण व्यावसायीहरुले ऋणको सावाँ ब्याज तथा चेक अनादारमा मंसिर मशान्तसम्म कालो सूचिमा पर्ने छैनन ।

कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) वर्गीकरण भएकोमा उक्त कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी भई किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि असल वर्गमा स्तरोन्नती हुनेगरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने उल्लेख छ ।

निष्कृय वर्गमा वर्गीकरण भएका कर्जाको किस्ता र व्याज आशिंक भुक्तानी भई निष्कृय वर्गमै रहने अवस्थामा सोही वर्गभित्र स्तरोन्नती गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने व्यवस्था सर्कुलरले गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्