Shikhar Insurance
National Life

‘एमएडब्लु वृद्धि अटोकर्प’को आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १८:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको छ ।

चिनियाँ विद्युतिय गाडी ‘दिपल’को लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्सको शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताईएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराईने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ ।

सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको कम्पनलिे जनाएको छ ।  हिमालय अर्गनाईजेशन अन्तर्गतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्