Shikhar Insurance
National Life

कोरोनाले बैंकिङ गतिबिधि ‘ठप्प’ हुँदा निक्षेप घट्यो, कर्जा चाहीँ बढ्यो, कसरी ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १९:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । निषेधाज्ञाले बैंकिङ गतिविध ठप्प पारेको छ । सिमित शाखाबाट बैंकहरूले अत्यावश्यक सुविधामात्र दिने हुँदा बैंकहरूको निक्षेप घटेको छ भने कर्जा प्रवाह सामान्य बढेको छ ।

बैंकहरूबाट पैसा निकाल्ने क्रम बढ्दा निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरूमा ३९ खर्ब ६१ अर्ब ३० करोड निक्षेप थियो । तर, कोरोनाका कारण घरायसी तथा व्यक्तिगत प्रयोजनका लागि बैंकबाट पैसा निकाल्ने क्रम जारी रहँदा बैंकमा रहेको निक्षेप जेठको दोस्रो साता अन्त्यसम्म ५ अर्ब १४ करोडले घटेर ३९ खर्ब ५६ अर्ब १६ करोड रूपैयाँमा आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यता वाणिज्य बैंकहरूले वैशाखको अन्त्यदेखि नै कर्जा प्रवाह नगर्ने भनेपनि बैंकहरूबाट प्रवाह भएको कर्जा बढेको संघको तथ्यांकले देखाउँछ ।

पहिलो साताको अन्त्यसम्म वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ३६ खर्ब १६ अर्ब ५ करोड रूपैयाँ रहेकामा जेठ १४ गतेसम्म बढेर ३६ खर्ब २५ अर्ब ५२ करोड पुगेको छ ।

यसो हुनुको कारण बैंकबाट स्वीकृत भइसकेको कर्जा निकालिएको र वस्तु आयातका लागि लिइने एलसी जारी भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सिंहदरबारलाई बताए ।

उनले भने, “आयात प्रयोजनका लागि स्विकृत भएका कर्जा उपयोग गरिएको छ ।” यस्तै सीमासम्मको सेयर कर्जा लिने क्रम बढेको उनले बताए । “सीमासम्मको कर्जा स्विकृत भएर बैंकमा बसेको थियो, अहिले लगानी गर्न निकालिँदै छ,” दाहालले थपे, “कर्जा बढ्नुको कारण आवश्यकता भएपछि निकालिनु पनि हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्