Shikhar Insurance
National Life

संसदीय समितिद्वारा ‘वैद्यखाना विकास समिति’ को अनुगमन

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १६:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज ‘सिंहदरबार वैद्यखाना विकास समिति’ को स्थलगत अनुगमन गरेको छ ।

समितिका सभापति मायाप्रसाद शर्मा एवं सदस्यहरु गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, गोपालकुमार बस्नेत, नरबहादुर विष्ट, पदमबहादुर परियार, बलदेव बोहरा, मदनकुमारी शाह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीसहितको प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिलाई प्राप्त बजेट अपुग भएकाले बजेट वृद्धिका पक्षमा आवश्यक पहल गरिदिन संसदीय प्रतिनिधिमण्डलसँग अनुरोध गरे । मौजुदा जनशक्तिको अभावले अपेक्षा गरेअनुसार कामकाज गर्न नसकेको उल्लेख गर्दै उनले समितिमा थप दरबन्दी व्यवस्थाका लागिसमेत अनुरोध गरे ।

समितिका सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन सङ्घीय संसद र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्