Shikhar Insurance
National Life

अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन : परराष्ट्रमन्त्री राणा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १६:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएका छन् ।

उनले बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गरे । उनले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताए ।

उनले अहिलेको सरकारले अर्थ कुटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताउँदै वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताए । उनले दुवै राजनीतिक दलहरुको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन् । हामीले काम गर्नसक्छौँ । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरु यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ । दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ ।’

काँग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्‍याउने दाबी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्