काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ६४.२५ अंकले बढ्दा परिसुचक २७६०.९० को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनेबेच हुदाँ २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय १६ रुपैयाँ संकलन भएको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको सेयर ८४ करोड ४९ लाख ९४ हजार ३ सय १७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ४५ रुपैयाँ ९० पैसा पुगेको छ ।
साथै, माउन्टेन इनर्जी, शिवम सिमेन्टस, नेपाल फाइनान्स, अपी पावर, शाईन रेसु्ङ्गा, सिआईटी, अरुण भ्याली, एनआरएन इन्फ्रास्टक्चर र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्