काठमाडौं । विस्तारको सिमा हटाएपछि सेयर बजारमा उछाल आएको छ । मौद्रिक नीति मार्फत सेयर धितोकर्जामा संस्थागत लगानीकर्तालाई लगाएको क्याप खारेज भएसँगै बजार सकारात्मक हुँदै गएको हो ।
आज कारोबार रकमले नयाँ रेर्कड कायम गरेको छ । कारोबार रकमले वर्षौअगाडिको रेकर्ड तोडेको हो । कारोबारमा आएको उचाईले बजार थप माथि जाने संकेत भइरहेको छ । अर्थतन्त्र सकारात्मक भइरहेको, मौद्रिक नीति समेत लचिलो आएको र बैकका ब्याजदर समेत घट्दो क्रममा रहेको हुँदा अब बजारले ३२ सय बिन्दुमा पुग्ने संकेत देखिएकाे हाे ।
साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ६४.२५ अंकले बढ्दा परिसुचक २७६०.९० को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनेबेच हुदाँ २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय १६ रुपैयाँ संकलन भएको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको सेयर ८४ करोड ४९ लाख ९४ हजार ३ सय १७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ४५ रुपैयाँ ९० पैसा पुगेको छ ।
बुधबार १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
साथै, आज १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिमेञ्चरको सेयर मूल्य ७.९२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्