काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारले नयाँ रेर्कड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० मा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।
बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ कारोबार भएको छ ।
बुधबार १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, ओरियन्टल होटल्स, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स, फस्र्ट माक्रो फाइनान्स लघुवित्त, गुहेश्वरी मर्चेण्ड बैंक सहित २३७ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्