Shikhar Insurance
National Life

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौंः मन्त्री अर्याल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दुध दिवसको अवसरमा दुग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

हाम्रो प्राणको सुरुवात दुधबाट भएको भन्दै उनले अबको दुई वर्ष भित्र दुधमा आत्मनिर्भर बन्ने बताइन् । उनले भनिन्, ‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं । प्रति व्यक्ति ११ लिटर दुध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन् । दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् । उनले भनिन्, ‘दुग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौं । ती समस्या समाधान भएनन भने दुध दिवस मनाएको कुनै औचित्य हुनेछैन ।’

मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको समवद्र्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् । मन्त्री अर्यालले सरकारले दुध नीती अगाडि बढाएको भन्दै अहिलेको हसहज परिस्थतीलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गरिन् । ‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधी संचालन गर्ने ठाउँमा छौं । असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ । किसान दाजु भाइले पनि हेक्सा राख्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘व्यवसायबाटै पछि हट्ने सोच बनाउनु हुदैन । डिडिसीबाट प्रस्ताव गएको छ । भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दुध नीति अगाडि बढाएका छौं । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्ती गरेका छौं । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’

दुग्ध क्षेत्रमा रहेका तमाम समस्या समाधान गरेर अगाडि बढ्ने बताउदै उनले सरकार समस्याप्रति संवेदनशील भएर अगाडि बढ्ने बताइन् । डिडिसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्