Shikhar Insurance
National Life

तनहुँमा १ वर्षमा सात सय ७१ उद्योग दर्ता

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १०:५७
Hyundai
NCELL
NIMB

तनहुँ । आर्थिक वर्ष २०८०/८१ तनहुँमा ७ सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् ।

सोही आवमा १ हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९/८० मा ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्