Shikhar Insurance
National Life

देशभर भारी वर्षा, बुधबार मधेस, बागमती र गण्डकी प्रदेशमुसलधारे वर्षा हुने

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौँ । बितेका १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र  गण्डकी प्रदेशका  केही स्थानहरूमा  भारीदेखि धेरै भारी  वर्षा  मापन गरिएको विभागले बताएको छ ।

हाल देशभर  साधारणतया बदली रहेको बागमती  र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्