Shikhar Insurance
National Life

अपजसको भारी बोकेर बाहिरिए सचिव मरासिनी, विवादित सचिव डा. घिमिरेलाई अर्थतन्त्र ढुकुटीको चाबी

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार २२:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी पाएका अर्थ सचिव मधुकुमार मरासिनीको बिदाई भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार मधुकुमार मरासिनीलाई बिदाई गर्दै अर्थ सचिवमा डा.रामप्रसाद घिमिरेलाई बढुवा गरेका छन् ।

असार ३० गते शितल निवासमा शपथ ग्रहण गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्री पौडेलले पार्टी नभई क्षमता हेरेर कर्मचारीहरुलाई जिम्मेवारी दिने बताएका थिए । मन्त्रालय सम्हालेको १६ औं दिनमै मन्त्री पौडेलले सचिव सरुवा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्रालयका दुबै सचिव गम्भिर नैतिक संकटमा, धनीराम र शिवलाल पनि मुछिए

दोस्रो पटक अर्थ सचिवको जिम्मेवारी पाएका अर्थ सचिव मरासिनीले दुबै पटक बजेट बनाउने मौका पाए । तर दुबै बजेट सम्झनलायक रहेन । दुई फरक धारका माओवादी नेताहरु जनार्दन शर्मा र वर्षमान पुनसँग काम गरेका मरासिनीको पहिलो बजेटमा सिसि टीभी काण्डले अतिरञ्जित बन्यो भने दोस्रो बजेटमा आयकर ऐन २०५८ को दफा ५७ मा परिवर्तनले उनलाई विवादित बनायो । आयकरको दफा ५७ सचिव मरासिनीले आफ्नै प्रस्तावमा सच्याउन बाध्य बने ।

ढुकुटीको चाबी विवादित सचिव घिमिरेलाई

लामो रस्साकस्सीपछि अर्थ सचिवमा डा.रामप्रसाद घिमिरेले बढुवा पाएका छन् । दुबै सचिव परिवर्तन गर्ने हल्लाकाबिच डा.घिमिरेले थमौति पाएका हुन् । यसअघि उनी अर्थ सचिव बनाइदिन भन्दै विभिन्न शक्तिकेन्द्र धाएका थिए । स्रोतका अनुसार अर्थ सचिवका रुपमा स्वार्थको जस्तोसुकै निर्णय गर्ने शर्तमा सचिव घिमिरेले बढुवा पाएका हुन् ।

अर्थमन्त्री पौडेलले अहिलेको कार्याकाल उत्कृष्ट बनाउने भन्दै योग्य सचिव ल्याउन प्रयास गरेका थिए । तर एमालेक निकट कर्मचारी संगठन, अर्थ मन्त्रालयका शक्तिशाली सहसचिवहरुले डा. घिमिरे अर्थसचिव नभए ‘जहाज डुब्ने’ भन्दै प्रधानमन्त्री कार्यालयसम्म चर्को लबिङ गरेपछि सचिव घिमिरेले थमौति पाएका हुन् ।

२०७९ पुष २१ गते अर्थ मन्त्रालय भित्रिएका डा.घिमिरेले विष्णु पौडेलसँग दोस्रो पटक काम गर्न लागेका हुन् । सचिव घिमिरेले पुर्व अर्थमन्त्री प्रकाशशरण मतह र वर्षमान पुनसँग काम गरिसकेका छन् । पछिल्लो समय वर्षमान पुनसँग काम गर्दा उनी बढी विवादित बनेका हुन् ।

राजस्व सचिवका रुपमा कुनैपनि अडान नलिदाँ उनले राज्यलाई खर्बौं नोक्सानी हुनेगरी आर्थिक ऐनमा चलखेल गरेका थिए । आयकरको दफा ५७ मा ठूला कम्पनीलाई खर्बौं कर छुट दिनका लागि राजस्व सचिवको हैसियतमा उनी तयार भएका थिए ।

असार ३० गतेसम्म दफा ५७ मा परिवर्तन ठिक छ भन्दै हिडेका तत्कालिन राजस्व सचिव घिमिरेले असार ३१ गते दफा ५७ मा संशोधन प्रस्ताव राखेका थिए । सचिव घिमिरेको सो नीतिगत विचलनको सर्वत्र आलोचना भैरहेको छ । यति मात्रै होइन । उनले पुर्वमन्त्री वर्षमान पुनलाई सहज हुनेगरी आर्थिक ऐनका कयौं बुदाँमा अपारदर्शी कानुन बनाएका छन् । जसबाट राज्यले अर्बौं राजस्व गुमाउने निस्चित छ ।

आर्थिक ऐन २०८१ को दफा २३ मा आव नै उल्लेख नगरी  सचिव घिमिरेले भविष्यमा सृजना हुने करमा समेत ७५ प्रतिशत छुट सुविधा प्रदान गरेका छन् । उनले चर्चित मदिरा कम्पनी गोर्खा ब्रुअरी प्राली सहित ठूला कम्पनीलाई सहयोग पुग्नेगरी आर्थिक ऐनमा छेडखानी गर्ने वातावरण बनाइदिएका हुन् ।

गोर्खा ब्रुअरीले आन्तरिक विवादका कारण आर्थिक वर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को आयकर विवरण पेश गरेको छैन । यस्तै ठूला करदाता कार्यालयमा रहेका २६ भन्दा बढी कम्पनीले आयकर र भ्याट विवरण पेश गरेका छैनन ।

गोर्खा ब्रुअरीसहित ठूला कम्पनीलाई अर्बौ कर छुट दिन आर्थिक ऐन २०८१ मा सेटिङ, राजस्व सचिव घिमिरेको शंकास्पद भुमिका

त्यस्तै, विभिन्न वस्तुमा भन्सार बिन्दुमा नै अग्रिम १० प्रतिशत आयकर निर्धारण गरेर ऐन नै बाझिने गरी आर्थिक ऐन २०८१ मा व्यवस्था गरेका छन् । यस्तै, २५ हजारसम्मको नगद कारोबार  गर्न दिएर अनौपचारिक अर्थतन्त्रलाई प्रसय दिएका छन् । राजस्व सचिवका रुपमा विवादित छवि बनाएका सचिव घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्