Shikhar Insurance
National Life

सरकार नीजि क्षेत्रको आत्मविश्वास र मनोबल बढाउँन काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १८:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताउँदै साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्त्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हाम्रो कोशिस तपाईहरुलाई उत्साहका साथमा आफ्नो पेशामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । खासगरी घरेलु तथा साना उद्योगको महत्त्व के हो भनेदेखि देशका सबै जिल्लामा, सबै पालिकामा यसको बिस्तार छ । यसमा ठूलो संख्यामा रोजगारीमा आवद्ध छन् । घरेलु तथा साना उद्योगका निम्ति कानूनका, नियमका, निर्देशिकाका, निर्णयका सन्दर्भमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ त्यसमा ध्यान दिउँला ।’

उनले घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्