Shikhar Insurance
National Life

नेपाल लाइफको तीन दिवसीय कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२४’ भव्यतापूर्वक सम्पन्न भएको छ ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समद्घाटन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा भर्चुवल्ली बोल्दै संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले आ.व २०८०/८१ मा गर्नु भएको Outstanding Performance को लागि व्यक्तिगत र संचालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदा रहँदै पनि आफ्नो अथक मेहनत, Team Work, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठुलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तर रुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थप वृद्धि गर्न सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आवमा गरेका उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए ।

कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पुर्‍याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवन स्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए । आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने कुरा बताउँदै अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गर्नु भएको थियो । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकैनै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८०/८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्नुहुने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । गत वर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताए । यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पुर्‍याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गरे ।

बीमा मानवीय कार्य भएको र यसले देशको विकासमा अतुलनीय भूमिका निर्वाह गर्ने हुँदा यसलाई आम नागरिक बीच पुर्‍याउन नितान्त आवश्यक रहेको बताए । सका साथसाथै नयाँ लक्ष्य प्राप्तिका निम्ति कम्पनीद्वारा तयार पारिएको रणनीति उपर उनले प्रकाश पारे । कम्पनीले लिएको लक्ष्य प्राप्तिमा सबैको साथ सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए ।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई मुरीका मुरी धन्यवाद ज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभव लाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताउनुभयो । अभिकर्ताको चौतर्फी विकासका निम्ति नेपाल सरकार अर्थ मन्त्रालय नियमनकारी निकाय संवेदनशील समेत हुनुपर्ने विचार अभिव्यक्त गरे ।

अभिकर्ताले प्राप्त गर्ने सेवा सुविधा तथा सरकारले अभिकर्ता प्रति गर्ने व्यवहारमा सुधार गर्न सके बीमा क्षेत्रमा चाँडो नै फड्को मार्न सकिने र त्यो संरचना तयार भइसकेको कुरा समेत बताए । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अभिकर्ताको भूमिका अतुलनीय रहेको र यसको गम्भीर्यता लाई मनन गर्दै नीति निर्माण गर्नका निम्ति उहाँले सरोकारवालाहरुसँग आग्रह गरे ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्