Shikhar Insurance
National Life

डेरी उद्योगमा नगरपालिकाको अनुगमन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १६:२३
Hyundai
NCELL
NIMB

भक्तपुर । भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको गोराले बताए ।

अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

त्यस्तै भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।

सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिएको छ । जगदम्बा डेरी एण्ड वेभरेज प्रालिमा कामदार र वितरकको पिसिआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणले सरकारले निषेधाज्ञा जारी गरेको बेलामा भक्तपुर नगरपालिका–८ जेला बस्ने सत्यनारायण प्रजापतिले चोक मिचि बनाएको खुड्किला नगरपालिकाको टोलीले आज भत्काएको छ ।

नगरपालिकाका कर्मचारीले उक्त खुड्किला भत्काई ढुङ्गासमेत जफत गरेको छ । प्रजापतिले पुरानो घर भत्काई नयाँ घर बनाउँदा नगरपालिकामा नक्सापास गरे पनि नक्साभन्दा फरक र सार्वजनिक चोक मिचेर बनाएको संरचना भत्काएको नगर निरीक्षक आशराम सुवालले बताए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्