काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्न बाँकि रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दाबी गरेका हुन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गरे । उनले घटनाको गम्भिरतापूर्वक छानविन गर्न पनि सरकारसँग माग गरे ।
सांसद सापकोटाले दुध किसानहरुको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस्