Shikhar Insurance
National Life

विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौं : मन्त्री भट्टराई

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छिन । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उनले यस्तो बताएबी हुन् ।

उनले नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताइन् । उनले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको जानकारी दिइन् । मन्त्री भट्टराईले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरुलाई समयानुकलु परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको बताइन्् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले त्रिभूवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाउने पनि बताइन् । उनले सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने जानकारी गरिन् ।

मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाईका साथ लागू गर्नुपर्ने जानकारी गरिन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्