Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र लाजिम्पाट, काठमाडौंस्थित र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता भएको छ ।

एक समारोहका बिच बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा–होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्र्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौंले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन् ।

र्‍याडिसन होटल, काठमाडौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँच तारे होटल हो ।

प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्