काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स चेन्ज(नेप्से) परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ मा पुगेको हो ।
मंगलबार ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुदाँ १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ ९७ पैसा कारोबार भएको छ ।
मंगलबार ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ९.८० प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ९.४५ प्रतिशत, समृद्धि फाइनान्सको ९.२५ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ८.९१ प्रतिशत सहित २१६ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्