Shikhar Insurance
National Life

ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट ५ सय ५९ घर लाभान्वित

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार ११:५५
Hyundai
NCELL
NIMB

तम्घास । धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ । ‘पहिले–पहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो ।’ स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भनिन्, ‘अहिले घरमै पानी आउदा सहज भएको छ ।’ पहिले खेताला लगाएर पानी ल्याएको उनले बताइन् ।

ठुलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न ४ करोडभन्दा बढी खर्च भएको बताए । आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन् । धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्