काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ १ सय रुपैयाँ घटेको छ । सोमबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँ घटेको हो ।
मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको भाउ १ लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ४५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्