Shikhar Insurance
National Life

एकै पटक ठूलो संख्यामा सचिवहरुको सरुवा को कहाँ पुगे सूचि सहित

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार २२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले एकै पटक ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिवहरु फैरबदल गरेको हो ।

अर्थ सचिवमा डा.रामप्रसाद घिमिरे बढुवा भएका छन् । राजस्व रहेका सचिव डा. घिमिरे अर्थ सचिवमा बढुवा भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । राजस्व सचिवमा वाणिज्य सचिव दिनेश घिमिरेलाई जिम्मेवारी दिएको हो ।

डा.घिमिरेलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चौथो पटक मन्त्री बन्दा राजस्व सचिव बनाएका थिए । त्यसपछि पुर्व अर्थमन्त्री प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् ।

यस्तै, अख्तियार दुरुपयोग अनुसनधान आयोगबाट रक्षा सचिवमा रामेश्वर दंगाल पुगेका छन् । उनको स्थानमा श्रम सचिव घनश्याम उपाध्ययलाई लगिएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा सचिवमा मुकुन्द निरौला आइपुगेका छन् ।  लोकसेवा आयोगमा डिल्लीराम शर्मा पुग्दा
सूचना तथा सञ्चार सचिवमा राधिका अर्याल पुगेकी छिन् ।

उपराष्ट्रपति कार्यालय हालका अर्मथसचिव धुकमार मरासिनी पुगेका छन् । संघीय मामिला सचिवमा भरत सुवेदी, वित्त आयोगमा किरण राज शर्मा र भौतिक पूर्वाधार सचिवमा केशवकुमार शर्मा पुगेका छन् ।

ऊर्जा सचिवमा गोपालप्रसाद सिग्देलले जिम्मेवारी पाउदा, राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी पुगेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजकुमार श्रेष्ठ रहँदा वाणिज्य सचिवमा मधुसुदन बुर्लाकोटी र सार्वजनिक खरिद कार्यालयमा रामकृष्ण सुवेदीले जिम्मेवारी पाएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्