Shikhar Insurance
National Life

राष्ट्र बैंकले ल्याएको स्वाप कारोबार विनियमावली  के हो,  बैंकहरुलाई कसरी हुन्छ फाइदा ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार २०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले आइतबार ‘नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली २०८१’ सार्वजनिक गरेको छ । वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउँदा हुनसक्ने विनिमय दर जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले विनियमावली जारी गरेको हो ।

नेपाली बैंकहरुलाई विदेशबाट लगानी ल्याउन राष्ट्र बैंकले यसअघि नै स्वीकृति दिइसकेको छ । यसरी ल्याएको ऋणमा वैदेशिक विनियम दर हुन सक्ने वृद्धिलाई मध्यनजर गर्दै राष्ट्र बैंकले विनियमावली जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

के हो स्वाप कारोबार ?

वाणिज्य बैंकहरुले ल्याएको विदेशी मुद्रा राष्ट्र बैंकलाई बिक्री गरी नेपाली रुपैयाँ लिई पुन आवश्यक पर्ने विदेशी मुद्रा राष्ट्र बैंकबाट लिने प्रकृयालाई स्वाप कारोबार भनिन्छ । उदाहरणका लागि कुनै बैंकले १ लाख अमेरिकी डलर विदेशबाट ल्याएको छ । सुरुमा उसले सो रकम राष्ट्र बैंकलाई बिक्री गर्ने गर्छ ।

किनभने बैंकले डलर होल्ड गर्दा भन्दा नेपाली रुपैयाँमा धेरै ब्याजदर प्राप्त गर्ने गर्छ । यसरी नेपाली रुपैयाँ लिएको बैंकले विदेशी बैंकबाट लिएको ऋण बराबरको सावाँ ब्याज तिर्नुपर्ने हुन्छ । यसरी किस्ता तिर्दै जाने क्रममा डलरको भाउ बढ्दै गएमा बैंकलाई ठूलो नोक्सानी हुन सक्छ ।

यसकारण अब बैकले राष्ट्र बैंकसँग अवधि तोकी यति डलर यति रुपैयाँमा खरिद गर्छु भनि सम्झौता गर्न सक्छ । यसको लागि राष्ट्र बैंकले सावर्जनिक रुपमा बोलपत्र सार्वजनिक गर्नेछ ।

सो बोलपत्रमा विदेशी मुद्रा आवश्यक पर्ने बैंकहरुले बोलपत्रमा भाग लिनेछन् । यसरी बैंकबाट प्राप्त बोलपत्र मध्ये सबैभन्दा धेरै रकम बोलकबोल गर्ने बैंकले नै डलर प्राप्त गर्न सक्नेछ । यदी तोकिएको अवधिभित्र डलरको भाउ वृद्धि हुदाँ पनि घट्दा पनि बैंकले सम्झौता भएकै रकममा विदेशी मुद्रा प्राप्त गर्नेछ ।

बैंकहरुलाई यसरी हुन्छ स्वाप कारोबारमा फाइदा

पछिल्ला दशकहरुमा हेर्ने हो भने अधिकाँश देशको मुद्रा नेपाली मुद्राको तुलनामा बलियो हुँदै गएको पाइन्छ । यसरी विदेशबाट ऋण लिने क्रममा विदेशी मुद्राको रकम धेरै नै वृद्धि भएमा बैंकहरुले राष्ट्र बैंकसँग गरेको सम्झौता अनुसार फाइदा लिन सक्छन् ।

उदाहरणका लागि ‘ए’ भन्ने बैंकले एक लाख अमेरिकी डलर विदेशबाट ऋण लिएको छ । उसले यो रकम ५ वर्षभित्र साँवा ब्याज तिरिसक्ने सम्झौता गरेको छ । यदी १३३ रुपैयाँ रहेको डलर २ वर्षपछि १४० पुग्यो र राष्ट्र बैंकसँग १३५ रुपैयाँमा सम्झौता गरेको रहेछ भनि १ डरलरमै ५ रुपैयाँ फाइदा गर्न सक्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्