Shikhar Insurance
National Life

नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सकाे रुपमा सम्मानित

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार १८:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रुपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको हो ।

नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार आज काठमाडौँमा आयोजित ३०औं कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’लगायतका कार्गो ढुवानी गर्दैै आइरहेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई धन्वाद दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्