काठमाडौं । पञ्चकन्या स्टिल प्रालिले सन् २०२३ मा ५ अर्ब बढी रुपैयाँको कारोबार गरेको छ । केयर रेटिङ एजेन्सी नेपाल लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले एक वर्षमा ५ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेको हो ।
त्यस्तै, कम्पनीले सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ को तुलनामा कम्पनीले २०२३ मा २४.२८ प्रतिशत अर्थात १ अर्ब ६३ करोड ९० रुपैयाँ कम कारोबार गरेको हो । कम्पनीले सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको ब्याज कभरेज रेसियो भने २०२१ मा १.३६, २०२२ मा १.५० र २०२३ मा १.१६ रहेको तथ्यांकले देखाएको छ । कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी, स्टील, बारहरू उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक रहेको छ ।
पञ्चकन्या स्टिल मे ३१, १९९५ मा निर्माणको लागि स्थापित भएको हो ।
प्रतिक्रिया दिनुहोस्